१२ बैशाख २०८१, बुधबार

माओवादीको प्रस्ताव/मुख्यमन्त्री र सभामुख एकअर्कालाई


प्रचण्ड र के पी शर्मा ओली

३० पुस, काठमाण्डौ । प्रत्येक प्रदेशमा एउटा दलको मुख्यमन्त्री बनेको स्थानमा अर्को दलवाट सभामुख हुनुपर्ने माओवादी केन्द्रले प्रस्ताव गरेको छ । राष्ट्रिय सभा, प्रदेशसभा र सभामुखलगायत विषयमा साझा धारणा बनाउन गठित वाम गठबन्धनको कार्यदल बैठकमा माओवादीले यस्तो प्रस्ताव राखेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा दुवै दलबीच जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी छ । यो समझदारीअनुसार वाम गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये एमालेको भागमा ४ र माओवादीको भागमा २ प्रदेशको नेतृत्व पर्छ । माओवादीले भनेजस्तै एउटा दलको मुख्यमन्त्री भएको स्थानमा अर्कै दलका तर्फवाट सभामुख बनाइने हो भने एमालेको भागमा २ र माओवादीको भागमा ४ सभामुख पर्छ ।

‘हामी पार्टी एकता नै गर्दैछौं तर अहिले तत्कालको अवस्थामा जुन पार्टीको मुख्यमन्त्री हुन्छ, त्यो ठाउँमा अर्को पार्टीका तर्फबाट सभामुख हुने गरी जाँदा ठीक हुन्छ कि भन्ने हाम्रो धारणा छ,’ माओवादीका तर्फवाट कार्यदल सदस्य वर्षमान पुनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !