१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीले संसद विघटनका साथै वैशाख २३ मा आम निर्वाचन गर्ने गरे प्रस्ताव, के गर्लिन राष्ट्रपतिले ?


विद्यादेवी भण्डारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको साथै वैशाख २३ गते आम निर्वाचन प्रस्ताव गर्ने प्रस्ताव राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरेका छन् । आज आइतबार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर उनले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका थिए ।

वैशाख २३ गतेको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । तथापि राष्ट्रपति भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ । देशका प्रमुख पार्टीका शीर्ष नेताहरु र संविधानविद्सँग सरसल्लाह गर्न तुरुन्त छलफल गरी देशलाई थप संकटवाट बचाउन उचित निर्णय लिनुपर्ने देखिन्छ ।

राष्ट्रपति संविधानको संरक्षक भएकोले देशमा सिर्जना भएको यस्तो विषम परिस्थितिमा प्रधानमन्त्रीले गरेको विघटनको प्रस्तावलाई होल्ड गरेर हिजो खुमलटारमा प्रधानमन्त्री ओलीले कार्यकारी अर्का अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर प्रचण्डलाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिएर सहमतिमा आउन गरेको आग्रहलाई प्रचण्डले अस्वीकार गरेपछि ‘जस्तालाई तेस्तै ढिडालाई निस्तै’ भनेझैँ ओलीले प्रचण्डलाई थप दवाव सिर्जना गरी आरोपपत्र’ फिर्ता गर्न लगाउने रणनीतिक कुटिलता भएको पनि हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । संसद विघटन भएपछि वैशाख २३ गते मध्यवधि निर्वाचन हुने सम्भावना पनि कम रहेको छ । निर्वाचन भई हालेपनि दुई तिहाईको सरकार बन्ने सम्भावना पनि पटक्कै छैन । मिलिजुली सरकार बनेमा सरकार ढाल्ने र बन्ने क्रम चलिरहने भएकोले देश झन् अस्थिरतातर्फ जानसक्ने संविधानविद्हरु डा. भिमार्जुन आचार्य र डा. चन्द्रकान्त ज्ञवालीले नेपालपत्रलाई बताएका छन् ।

साथै प्रधानमन्त्री ओलीले संकटकाल पनि लगाउन सक्ने उत्तिकै सम्भावना रहेको छ ।नेकपाका एक सचिवालय सदस्यका अनुसार ओली गैरसंवैधानिक जस्तोसुकै कदम चाल्न तयारी अवस्थामा रहेकोले ओलीको यस्तो तयारीपछि नेकपाका नेताहरु नै सशंकित बनेका छन् ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको व्यक्तिगत सत्ता र शक्ति संघर्षको अडानले नेपालको वर्तमान राजनीति जटिल मोडमा पुगेको छ । प्रधानमन्त्री ओलीको यो असंवैधानिक कदमले मुलुकलाई अस्थिरता र द्वन्द्वतिर धकेलिएकोमा राजनीतिक विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

संसद विघटन सिफारिसपछि सुरक्षा सतर्कता बढाउन किन आइजिपीले दिए निर्देशन ?

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली पुगे शीतलनिवास, अव के गर्लिन राष्ट्रपति भण्डारीले ?

बालुवाटारमा प्रचण्डलाई भेट्न किन मानेनन् प्रधानमन्त्री ओली ?

प्रधानमन्त्री ओलीले गरे संसद विघटनको सिफारिस, अव कसरी बढ्ला नेपालको राजनीति ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !