१२ बैशाख २०८१, बुधबार

बरालिएका केपी ओलीले उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ : गगन थापा


गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गर्न आग्रह गरेका छन्। नेता थापाले सामाजिक संजालमा एक स्टाटस लेख्दै पार्टी सभापति तथा शीर्ष नेताहरूसँग आग्रह गरेका हुन्।

नेता थापाले लेखेका छन्, “पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौँ;बरालिएका K P Sharma Oli लाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं,उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔँ,संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ। यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ।आज बैठक बस्दै हुनुहुन्छ , पार्टी सभापतिलाई फेरी विनम्र अनुरोध!संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ।उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ।उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !