१३ बैशाख २०८१, बिहिबार

वर्तमान केपी ओली नेतृत्वको सरकार असफल भयो : नेता मन्सुर


फरमुल्लाह मन्सुर

कलैया । नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री मन्सुरले नेपाली जनताको भवना विपरीत कार्य गर्दै मुलुकमा भ्रष्टाचार र बेथिति बढाएको आरोप लगाए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री उमाकान्त चौधरीले तराई-मधेशका जनताको हित कांग्रेसले मात्र गर्ने जिकिर गर्दै मधेशवादी दलले पनि सत्ता र शक्तिका लागि मधेशका जनतालाई ठगिरहेको आरोप लगाए ।

पार्टीका केन्द्रीय सदस्य राधेचन्द्र यादवले सरकारल प्रेस, अदालत, संवैधानिक निकाय, प्रहरी, प्रशासन नियन्त्रणमा लिएर देशमा शासन चलाउन लागेको आरोप लगाए ।

कांग्रेस बाराका कार्यवाहक सभापति सुरेन्द्रप्रसाद कलवारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रीय सदस्य वृजलाल यादव, पूर्वमन्त्री कलावती पासवान, तत्कालीन संविधानसभा सदस्य लालबाबु सिंह, मधु शाही, पार्टीका सचिव मनोज भट्ट, हरेन्द्र यादव, कोषाध्यक्ष चन्द्रशेखर यादव, क्षेत्रीय सभापति सुनिल गुप्ता, विजयशङ्कर यादव, निगगढ नगरपालिकाका सभापति मधेशी कुँवर, कलैया उपमहानगरपालिकाका प्रमुख राजेशराय यादव, महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, तरुण दल बाराका अध्यक्ष लुकेश सिंहलगायतले सरकारको विरोधमा आफ्नो कुरा राखेको कांग्रेसका महासमिति सदस्य उपेन्द्र जसवालले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !