८ बैशाख २०८१, शनिबार

कांग्रेस वामपन्थी फुटाउने खेलमाः सुवासचन्द्र नेम्वाङ


सुवासचन्द्र नेम्वाङ

२९ पुस, काठमाण्डौ । कांग्रेसमाथि सरकार सत्ता हस्तान्तरण नगर्ने र वाम गठबन्धन टुटाउने खेलमा लागेको आरोप एमालेका नेता सुवासचन्द्र नेम्वाङ्गले लगाएका छन् । प्रधानमन्त्री र कांग्रेस नेताहरुको पछिल्लो अभिव्यक्तिले त्यही संकेत गरेको उनले बताए । नेम्वाङले सुनाए, ‘प्रधानमन्त्री स्वयंमले वामपन्थी गठबन्धनकै नेतालाई पाँच वर्ष सरकार चलाउनुस्, हाम्रो समर्थन छ भन्नुभयो । एक जना नेताले वामपन्थी गठबन्धन नटुटाई छाड्दै छाडि्दैनँ भन्नुभयो । अहिले आएर प्रधानमन्त्रीले नेपालमा जे पनि हुन सक्छ, सरकार बन्छ, एमाले बाहेक अरुको पनि बन्न सक्छ भन्नुभयो ।’

दोलखावाट निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा नेता नेम्वाङले वाम गठबन्धन जनताबाट अनुमोदित भईसकेकाले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने विश्वास दिलाए । एमाले अध्यक्ष केपी ओली बैंककबाट फर्किएपछि थप कार्यदल बन्ने र पार्टी एकता हुने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !