७ बैशाख २०८१, शुक्रबार

प्रमाणपत्र सडकमा देखाउँदै हिडिदैन : पराजुली


News Parajuli

२८ पुस, रुकुम । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको बताएका छन् । शुक्रवार पूर्वी रुकुमको जिल्ला अदालत उद्घाटन गर्दै पराजुलीले आफ्ना सबै प्रमाण पत्रहरु संसदीय सुनुवाई समितिमा पेश गरिसकेकाले अन्य कुनै ठाउँ या व्यक्तिलाई देखाउन आवश्यक नभएको बताए ।

डा. गोबिन्द केसीको पक्राउपछि उनको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै आलोचना आएका हुन् । आफूले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको र अब सडकमा प्रमाण देखाउँदै हिड्न नसकिने उनको भनाई छ । न्यायालय राजनीतिक तथा अन्य कुनै शक्तिवाट परिचालित नभएको भन्दै उनले सधैं न्यायको पक्षमा अदालत रहेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !