६ बैशाख २०८१, बिहिबार

बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता, के भयो छलफल ?


केपी ओली र प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बुधबार ११ बजे अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

ओली र प्रचण्डबीच आगामी स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेर पौने १ घण्टा बालुवाटारमा छलफल भएको हो । तर आजको भेटवार्ता नियमित संवाद जस्तो भएपनि नेकपा विवाद समाधान गर्ने दिशामा कुनै निष्कर्ष नआएको बताइएको छ ।

अध्यक्ष ओली र प्रचण्डबीच गत मंसिर २० गते वान टु वान भेटवार्ता भएको थियो । नेकपामा दुई अध्यक्षबीच आफुले सचिवालयमा पेश गरेको प्रतिवेदनको विषयलाई लिएर किचलो बढेको छ । २१ मंसिरमा बसेको स्थायी समितिमा अध्यक्ष ‌ओलीले पत्र पठाउँदै प्रतिवेदनमाथि छलफल गर्न औचित्यहीन रहेको बताएका थिए । स्थायी समितिमा अध्यक्ष ओली अनुपस्थित भएपछि सहमतिका लागि भन्दै बैठक मंसिर २८ गतेसम्म सारिएको छ ।

नेकपमा ओली र प्रचण्डवीच व्यक्तिगत शक्ति र सत्ता संघर्षले विवाद उत्कर्षमा पुगेको छ । गोप्य स्रोतका अनुसार ओलीले विगतमा जस्तै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन् । साथै प्रचण्डले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंसिर २१ बसेको स्थायी कमिटीको बैठकमा आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

राजावादीहरु सलबलाएर देशभर आन्दोलन बढेसँगै यसबारे छलफल गर्नका लागि ओलीले हिजो मंसिर २३ गते मंगलबार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए । पछिल्लो समय देशभर राजावादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएको बेला ओली र प्रचण्ड यसतर्फ सचेत भएर पार्टीको विवाद समाधान गर्नेतर्फ सकारात्मक भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

गणतन्त्रविरोधी गतिविधिविरुद्ध सत्तापक्ष र प्रतिपक्षको समान मत

गणतान्त्रिक शक्तिलाई एकजुट हुन प्रधानमन्त्री ओलीद्वारा आह्वान

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक ११ बजे बस्दै, आज के छलफल होला ?

किन बोलाए प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक ?

म पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्दिन, स्थायी कमिटीको काम छैन : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !