१२ बैशाख २०८१, बुधबार

गणतान्त्रिक शक्तिलाई एकजुट हुन प्रधानमन्त्री ओलीद्वारा आह्वान


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरेका छन् ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड-१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधि लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्रीले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए । बैठकमा सत्तारुढ नेपाल कम्म्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक ११ बजे बस्दै, आज के छलफल होला ?

राजावादीहरुको सक्रियता बढ्दै गर्दा गणतन्त्रवादीहरुको सर्वदलीय बैठक बस्दै, अव के होला ?

किन बोलाए प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक ?

नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो : डा. भट्टराई

बाबुरामको युवासँग आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ

ओली-प्रचण्डबीचको गुटगत स्वार्थले मन्त्रिपरिषद् पुनर्गठनबारे जुटेन सहमति : आम नागरिक दिक्क


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु