८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक ११ बजे बस्दै, आज के छलफल होला ?


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूकाे बैठक आयाेजना गर्ने भएका हुन् ।

देशमा केहि अप्ठ्यारो विषम परिस्थिति सिर्जना भएमा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउने गरेका छन् । त्यसैले गर्दा आज बोलाइएको सर्वदलीय बैठकलाई पनि विशेष चासोका साथ अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजावादीहरु सलबलाएर देशभर आन्दोलन बढेसँगै यसबारे छलफल गर्नका लागि ओलीले आज सर्वदलीय बैठक आह्वान गरेको हुनसक्ने राजनीतिक विश्लेषकहरुको धारणा रहेको छ । पछिल्लो समय देशभर राजावादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २९ मंसिरमा सरकारका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई १७ मंसिरमा गृहजिल्ला तनहुँमा एउटा पुल उद्घाटन गर्ने क्रममा स्थानीय प्रशासनले नियन्त्रणमा लिएपछि आक्रोशित भएको काँग्रेसले सरकारविरुद्ध सडकमा जाने निर्णय गरेको हो ।

आज बस्ने भनिएको सर्वदलीय बैठकमा देशभर राजावादी सलबलाएर रहेको अवस्थामा सवै गणत्रन्त्रवादी एकै ठाउँमा हुनुपर्ने र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई पनि गणतन्त्रवादीलाई मलजल हुने गरी देशभर गर्ने भनिएको प्रदर्शन रोक्न पनि आव्हान गर्न सकिने आंकलन गर्न सकिन्छ । गत शनिबार मात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए ।

नेकपाको स्थायी समिति बैठकमा नेकपाका नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए । शर्माले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई सम्बोधन गरेर पेश गरेको विशेष प्रस्तावमा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्र विरोधीहरु उत्साहित भएको उल्लेख गरिएको छ ।

यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका लागि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि सर्वदलीय बैठक बोलाएका थिए । त्यस्तै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि यस विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखलाई प्रधानमन्त्री ओलीले जेठ १३ गते मंगलबार पनि सर्वपक्षीय बैठक बोलाएका थिए । जुन बैठकमा कोरोना रोकथाम र नेपाल-भारत सीमा विवाद लगायत पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेका साथै संविधान संशोधनको विषयमा पनि सर्वदलीय सहमति सिर्जना भएको थियो ।

यो पनि पढ्नुहोस्

राजावादीहरुको सक्रियता बढ्दै गर्दा गणतन्त्रवादीहरुको सर्वदलीय बैठक बस्दै, अव के होला ?

किन बोलाए प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक ?

नेपालमा राजतन्त्र पुनर्स्थापना हुनु र लास ब्युॅतिनु उस्तै कुरा हो : डा. भट्टराई

बाबुरामको युवासँग आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ

ओली-प्रचण्डबीचको गुटगत स्वार्थले मन्त्रिपरिषद् पुनर्गठनबारे जुटेन सहमति : आम नागरिक दिक्क


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !