७ बैशाख २०८१, शुक्रबार

एमाले र माओवादी बीचको एकता दावी गर्दै पृथ्वी सुब्बा गुरुङ


prithibi subba gurung

२८ पुस, पोखरा । नेकपा एमालेका सचिव तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकता कसैले रोक्न नसक्ने ठोकुवा गरेका छन् ।

विभिन्न जनजातिहरुको पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले पार्टी एकताका लागि को प्रधानमन्त्री हुने वा को अध्यक्ष हुने भन्ने विषय गौण भएको बताए ।

प्रदेश नम्बर ४ का प्रदेश सांसद तथा मुख्यमन्त्रीका दावेदार एमाले नेता गुरुङले नेपाली कांग्रेसले संविधानको अपव्याख्या गर्दै खोंचे थापेर सरकारको आयु लम्ब्याएको आरोप लगाए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !