१२ बैशाख २०८१, बुधबार

शान्तिपूर्वक भेला हुन पाउने संवैधानिक हकबिरुद्ध कम्यूनिष्ट निरंकुश सरकारले मलाई गिरफ्तार गरेर ठुलो गल्ति गर्यो : रामचन्द्र पौडेल


रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्तिपूर्वक भेला हुन र जन स्तरीय कार्यक्रममा सहभागी हुन पाउने संवैधानिक हक बिरुद्ध बर्तमान कम्यूनिष्ट निरंकुश सरकारले म सहित पार्टीका साथीहरुलाई पक्राउ गरी देखाएको अलोकतान्त्रिक चरित्रको जति निन्दा गरेपनि नपुग्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, “तनहुँको व्यास नगरपालिकास्थित बुल्दी पुल उद्घाटनको क्रममा म सहित नेपाली काँग्रेस पार्टीका नेता कार्यकर्ता माथि भएको सरकारी दमन र बर्बरताका विरुद्ध मेरो पार्टीका सभापति, नेताहरु, देशभरिका जिल्ला सभापतिसहित पार्टीका सिङगो पङ्क्ति, अन्य दलका नेताहरु, मानवअधिकारकर्मी, सञ्चारकर्मी, विदेशस्थित जनसम्पर्क समिती र देश विदेशका लोकतन्त्र एवं स्वतन्त्रताप्रेमी जनताहरुले देखाउनुभएको अपूर्व सहानुभूति, समर्थन, शुभेच्छा र ऐक्यवद्धताप्रति म हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छु ।

मैले यो शुभेच्छालाई लोकतन्त्रप्रतिको समर्थन र निरंकुश बर्बरताका बिरुद्धको रुपमा लिएको छु । शान्तिपूर्वक भेला हुन र जन स्तरीय कार्यक्रममा सहभागी हुन पाउने संवैधानिक हक बिरुद्ध बर्तमान कम्यूनिष्ट निरंकुश सरकारले म सहित पार्टीका साथीहरुलाई पक्राउ गरी देखाएको अलोकतान्त्रिक चरित्रको जति निन्दा गरेपनि पुग्दैन । तपाईहरुको अपार माया, सदभाव र शुभेच्छाले मलाई लोकतन्त्रप्रतिको कठोर र कठिन आन्दोलनमा निष्ठापूर्वक लड्ने तथा विकास र जनताका काममा समर्पित हुन सदैव उर्जा शक्ति प्रदान गरेको छ । तपाईं सबैको साथ र समर्थनप्रति हार्दिक आभार प्रकट गर्दछु । जय नेपाल !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !