७ बैशाख २०८१, शुक्रबार

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमाथि भीम रावलको प्रश्न : स्वागत गर्ने मन्त्री, वार्ताचाहिँ सेना प्रमुखसँग, यो कस्तो कूटनीति हो ?


भीम रावल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणमाथि प्रश्न गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा नेता रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणका क्रममा भएको प्रतिनिधिमण्डल स्तरमा वार्तामाथि प्रश्न गरेका छन् ।

प्रतिनिधिमण्डल स्तरको वार्ता मन्त्रीस्तरमा हुनुपर्ने भन्दै नेता रावलले भनेका छन्, ‘विमानस्थलमा लिन र छोड्न मन्त्रीजी गएको देखिन्छ । अनि प्रतिनिधिमण्डल स्तरको वार्ता सेना प्रमुखसँग ? यो कस्तो कूटनीति हो मैले बुझिनँ । एउटा मन्त्रीको प्रधानसेनापतिसँग डेलिगेशनस्तरमा वार्ता हुने चलन मैले त नयाँ सुनेँ । यो कस्तो कूटनीति हामीले आरम्भ गर्न खोजेको मैले बुझिनँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !