१३ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद् बैठक बस्नुअघि किन गए प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास ?


प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र व्यक्तिगत शक्तिसंघर्ष चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओली पार्टीभित्र खटपट भएपछि राष्ट्रपतिको सुझाव लिन शीतलनिवास जाने गरेका छन् । पार्टीभित्र भएको संकटमा के कस्ता निर्णय लिने भन्नेबारे आफ्नो निकटस्थहरुसँग परामर्श गरिरहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भण्डारीको भेटघाट लगत्तै मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको बालुवाटार स्रोतले बताएको छ । यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सामान्यत: सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएकोले प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने मन्त्रिपरिषद्को बैठक नियमित हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !