७ बैशाख २०८१, शुक्रबार

पौडेलका समर्थकहरु जुलुससहित बुल्दी खोला पुल उद्घाटन गर्न जाँदै, आज के होला ?


पौडेलका समर्थकहरु जुलुससहित बुल्दी खोला पुल उद्घाटन गर्न जाँदै, आज के होला ?

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका समर्थकहरु जुलुससहित तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्न जाँदैछन् । अन्दाजी १ किलोमिटर उक्त जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी प्रशाशनको विरोधमा नारा लगाउदै अघि बढिरहेको छ । उक्त पुल उद्घाटन गर्ने गरी नेपाली कांग्रेसले भव्य तयारी गरेको हो ।

कांग्रेसका वरिष्ठ नेता पौडेललाई तनहुँमा हिजो बुधबार पक्राउ गरिएको घटनाले सत्ता-प्रतिपक्षको राजनीति तातेर विवाद चरम उत्कर्षमा छ भने कांग्रेसका नेता-कार्यकर्ता उक्त घटनालाई लिएर सरकारको विरोधमा ओर्लिएका छन् ।

तनहुँको व्यास नगरपालिकाको वडा नं. १, ११ र १० जोड्ने बुल्दी खोला पुल उद्घाटनमा जाँदै गर्दा नेता पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेपछि पुल उद्घाटनको विषयलाई लिएर विवाद बढेपछि दमौली दिनभर तनावपूर्ण बनेको थियो ।

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपभोक्ता समितिले सर्वसम्मत निर्णय गरी उद्घाटन गर्न वरिष्ठ नेता पौडेललाई निम्ता दिइएकोले आज पुल उद्घाटन गरिने जानकारी दिएका छन् ।

यद्यपि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष केदार सिग्देलले विकासको नेतृत्व जननिर्वाचित निकायले गर्ने हो भनेका छन् । सिग्देलले स्थानीय, प्रदेश होस् वा संघीय तहका विकास निर्माणका कामको नेतृत्व तथा उद्घाटन, शिलान्यास जस्ता कार्यक्रम निर्वाचन जनप्रतिनिधिले गर्ने बताएका छन् ।

अध्यक्ष सिग्देलका अनुसार रामचन्द्र पौडेल अहिलेको स्थितिमा जनप्रतिनिधि नभई नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख मात्र भएकोले विकासको कामको नेतृत्व जुन पार्टीले जित्यो उसैको सरकार बन्ने भएकोले विजयी जनप्रतिनिधिले मात्र पुल उद्घाटन गर्ने बताएका छन् ।

उनले अहिले जनप्रतिनिधिसंग कुनैपनि परामर्श केही पनि नगरी भट्टाभट उद्घाटन गर्न हिड्नु भनेको ओभरल्यापिङ नै गर्न खोजेको हो । ओभरल्यापिङ भैसकेपछि जनताद्वारा निर्वाचित जनप्रतिनिधिको अर्थ नरहने उनले बताएका छन् । साथै यस्तो काम गर्न हुन्छ भनेर जनताले प्रतिवाद गरेको उनले बताए । यसले गर्दा आज पनि मुडभेड नहोला भन्न सकिन्न ।

हिजो तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई सुरक्षाको कारण देखाउदै प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको थियो ।

यो पनि पढ्नुहोस्

रामचन्द्र पौडेलले नै तनहुँको बुल्दीखोला पुल उद्घाटन गर्ने कांग्रेस भव्य तयारी, आज के होला ?

असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ : नेता पौडेल

७ दशकको अथक प्रयासबाट आएको गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा कहिले : नेता पौडेल

पुलिसको डण्डाबाट पेलिएका मेरा करङको दुखाइ हिजो भन्दा आज बढी बढ्यो : नेता पौडेल

नेता पौडेलले भने, ‘ओली सरकारले अधिनायकवादी चरित्र देखायो’

पौडेल ३ घण्टा प्रहरी हिरासतमा बसेपछि भए रिहा, आखिर किन पक्रियो प्रहरीले उनलाई ?

नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप ओलीका लागि निकै महँगो पर्नेछ : नेता थापा

नेता पौडेलको पूर्व निर्धारित कार्यक्रम विथोल्न निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला

किन र कसरी अचानक कांग्रेस नेता रामचन्द्र पौडेल पुगे प्रहरी हिरासतमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !