४ बैशाख २०८१, मंगलबार

असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ : नेता पौडेल


रामचन्द्र पौडेल फाइल फोटो

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ भनेर प्रतिप्रश्न पनि गरेका छन् ।

पौडेललाई हिजो तनहुँमा प्रहरीले पक्राउ गर्दा पुलिसको डण्डाबाट पेलिएका उनका करङ दिउसो भन्दा साँझ र हिजो भन्दा आज दुखाइ बढी भएको पनि बताएका छन् । साथै ७ दशकको अथक प्रयासबाट आएको गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको भनेर गुनासो पनि गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

हिजो तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । व्यास नगरपालिका-१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा सङ्घबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई सुरक्षाको कारण देखाउदै प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको थियो ।

यो पनि पढ्नुहोस्

७ दशकको अथक प्रयासबाट आएको गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा कहिले : नेता पौडेल

पुलिसको डण्डाबाट पेलिएका मेरा करङको दुखाइ हिजो भन्दा आज बढी बढ्यो : नेता पौडेल

नेता पौडेलले भने, ‘ओली सरकारले अधिनायकवादी चरित्र देखायो’

पौडेल ३ घण्टा प्रहरी हिरासतमा बसेपछि भए रिहा, आखिर किन पक्रियो प्रहरीले उनलाई ?

नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप ओलीका लागि निकै महँगो पर्नेछ : नेता थापा

नेता पौडेलको पूर्व निर्धारित कार्यक्रम विथोल्न निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला

किन र कसरी अचानक कांग्रेस नेता रामचन्द्र पौडेल पुगे प्रहरी हिरासतमा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !