७ बैशाख २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक धुम्बाराहीमा, प्रचण्डलाई कारवाही गर्ने ओलीको चेतावनी


नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । बैठक २ बजे बस्न लागेको हो ।

बैठक कुनै हालतमा स्थगित नहुने स्रोतले बतायो । अध्यक्ष केपी शर्मा ओली बैठकमा सुरक्षाका कारण अनुपस्थित हुने जनाइसकेका छन् । मङ्गलबार बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की परेपछि ओलीले प्रचण्डलाई कारबाहीको धम्की दिएका थिए । दुवै नेताबीच आरोप प्रत्यारोपले स्थिति साम्य पार्न अन्य नेताहरुलाई मुश्किल परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !