१३ बैशाख २०८१, बिहिबार

सचिवालय बैठकमा महासचिव पौडेलको जन्मदिन सेलिब्रेसन, १०० वर्ष बाँच्नुहोस् भन्दै बामदेवले दिए शुभकामना !


जन्मदिन सेलिब्रेसन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । महासचिव पौडेलको जन्मदिन सचिवालय बैठकमै मनाइएको छ । सचिवालय बैठकअघि महासचिव पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो ।

जन्मदिनमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले महासचिव पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष बाँच्नुहोस् र राम्रो काम गर्दै जानुहोला भनी शुभकामना दिएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !