११ बैशाख २०८१, मंगलबार

नेकपा सचिवालय बैठक सुरु, ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा प्रचण्ड


नेकपा सचिवालय बैठक

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । धुम्बाराहीमा बस्ने भनिएको बैठक अन्तिम समयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ठिक दिउँसो १ बजे बाट सुरु भएको हो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि छलफल हुने बुझिएको छ । बैठकमा ओली र प्रचण्ड पक्षधर आ-आफ्नो कडा तयारीका साथ पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !