७ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई ओलीको जवाफ : तपाईको प्रस्ताव खारेज गरौं, भदौ २६ मा फर्कौं


केपी ओली र प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावलाई खारेज गर्ने र भदौ २६ को स्थायी कमिटीले निर्माण गरेको सहज अवस्थामा फर्कन आग्रह गरेका छन् ।

उनले प्रचण्डको प्रस्तावले पार्टीमा विग्रह निम्त्याउने भन्दै त्यो राजनीतिक प्रस्तावलाई सचिवालय बैठकबाट खारेज गर्न समेत माग गरेका छन् । उनले आज बसेको सचिवालय बैठकमा राजनीति प्रतिवेदन पेश गर्दै प्रचण्डले ल्याएको प्रस्ताव कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको आरोप लगाएका छन् ।

३८ पृष्ठको जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदा-बुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिइएको छ । कतिपय बुँदामा प्रचण्डलाई चर्काचर्का प्रश्न गरिएको छ । एकीकरणको साढे दुई वर्षको बीचमा गर्दै आएको अभ्यास समेत यही भएपनि प्रचण्डले विधानविपरित छुट्टै प्रस्ताव ल्याएको ओलीले अरोप लगाएका छन् ।

यसअघि प्रचण्डले ल्याएको प्रस्तावमा आफूमाथि लगाइएको आरोपको जवाफ दिने क्रममा ओलीले पार्टीको अन्तरिम विधानको धारा १८ (झ) ले अध्यक्षहरुका तर्फबाट पार्टी बैठकमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था गरेको उल्लेख गरेका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समस्या समाधान सुझाव कार्यदल, २०७७’ द्वारा प्रस्तुत प्रतिवेदनमा स्पष्ट रुपमा ‘पार्टी विधान बमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श एवं सहमतिका आधारमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णय प्रस्ताव तयार गर्ने’ निष्कर्ष निकालिएको तथा अन्तरपार्टी निर्देशन-५ को ३.१ मा अध्यक्षद्वयको परामर्शमा महसचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गर्ने’ व्यवस्था गरिएको उल्लेख गरिएको ओलीको जवाफमा भनिएको छ ।

‘तसर्थ यो ‘प्रस्ताव’ बैठकमा छलफल या परामर्श गर्नका लागि रितसमेत नपुगेको, तपाईंको नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहिन कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै हो । यो प्रथम दृष्टिमै खारेजयोग्य छ । पार्टीका बैठकहरुलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप-प्रत्यारोप एवं कुण्ठामा अलमलाइरहने छुट कसैलाई हुनुहुँदैन भन्ने स्पष्ट पार्न चाहन्छु ।’

यो पनि पढ्नुहोस्

ओलीको प्रचण्डलाई प्रश्न : म दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु, तपाईं तयार हो ?

प्रचण्डलाई ओलीको प्रश्न – यो स्वस्थ नीतिगत बहस हो कि वार कि पारको लडाइँ ?

तीन दशकसम्म नेतृत्व सम्हाल्नेले पदका लागि झगडा गर्नु उपयुक्त हुदैन : प्रधानमन्त्री ओली

प्रचण्डको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीको ५३ बुँदे जवाफी प्रतिवेदन (पूर्णपाठ)

नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न : यस्तो भयो निर्णय

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !