७ बैशाख २०८१, शुक्रबार

कमल थापालाई प्रश्न : हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि अहिलेको संकटबाट देशले मुक्ति पाउंछ ?


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि बिदेशी शक्तिले चलखेल गर्ने मौका कम हुने बताएका छन् । थापाले सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि अहिलेको संकटबाट देशले मुक्ति पाउंछ भन्दै प्रश्न गरेको बताएका छन् ।

उक्त प्रश्नको खण्डन गर्दै थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि बिदेशी शक्तिले चलखेल गर्ने मौका कम हुने बताएका हुन् । थापाले लेखेका छन्, “कतिपयले सोध्छन्-हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना भएपछि अहिलेको संकटबाट देशले मुक्ति पाउंछ? के पहिले संकट थिएन? निश्चय पनि हिन्दुराष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधानगर्ने होइन,त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ।राम्रो कामको निम्ति योग्य र इमान्दार व्यक्तिले अवसर पाउने वातावरण बनाउंछ। बिदेशी शक्तिले चलखेल गर्ने मौका कम हुन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !