१२ बैशाख २०८१, बुधबार

केपी ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड प्रस्थान


kepi oli

२६ पुस काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा नियमित चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनको साथमा धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सक समेत थाइल्याण्ड गएका छन् ।

मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि ओली बैंकक जाने गरेका छन्। ओलीलाई बिदाई गर्न वामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेललगायतका एमाले नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !