७ बैशाख २०८१, शुक्रबार

विष्णु पौडेललाई अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो भन्दै प्रश्न गरेपछि…


विष्णु पौडेल

बुटवल । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल आज मंगलबार गृहजिल्ला रुपन्देही पुगेका छन् । बुटवल पुगेका पौडेललाई पत्रकारले अर्थमन्त्रीसँग तपाईले प्रदेश राजधानी साट्नुभयो भन्ने छ, त्यो सही हो ? भन्दै प्रश्न गरेका थिए ।

उक्त प्रश्नलाई अर्थमन्त्री पौडेलले भने अस्वीकार गर्दै अब राजधानीको बहसमा अल्झिनु भन्दा पनि बुटवलको विकासका विषयमा छलफल गर्नुपर्ने बताएका छन् । पौडेलले बुटवललाई प्रदेशको स्थायी राजधानी हुनुपर्ने मत राख्दै आउनका साथै चुनावी नारा पनि यसलाई बनाएका थिए ।

तर प्रदेशसभाले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी तोकेतापनि पौडेलले अन्तिम समयमा बुटवललाई स्थायी राजधानी बनाउने बारेमा केहि पहल नगरेको बुटवलबासीको आरोप थियो । प्रदेश राजधानी भालुवाङ तोकिएको केही समयपछि पौडेल अर्थमन्त्री बनेपछि प्रतिपक्ष दलहरुले समेत पौडेलले अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको आरोप लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !