८ बैशाख २०८१, शनिबार

भीम रावल भन्छन्, “प्रदेश सरकार र संघीय सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्छ”


भीम रावल

कैलाली । नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् । आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले स्थायी कमिटीले गरेको सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

रावलले उक्त पत्रकार सम्मेलनमा बोल्दै भने ‘भदौ २६ को स्थायी कमिटीको बैठकबाट प्रदेश सरकार र संघीय सरकार हेरफेर गर्ने निर्णय भएको छ । कहाँ कहाँको सरकारको केके मूल्यांकन गर्ने, त्यहाँ के के फेरबदल गर्नुपर्ने आश्यकता छ तदनुकुल गर्ने भन्ने कुरा त प्रष्ट हो नि । तर त्यो विषयलाई कार्यान्वयन गर्नका लागि जसरी थप अगाडि छलफल र बैठक गर्नुपर्थ्यो, त्यो नगरेकोमा हाम्रो आपत्ति हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !