८ बैशाख २०८१, शनिबार

नेकपा विवाद उत्कर्षमा पुगिरहँदा सोमबार बस्ने गरेको मन्त्रिपरिषद बैठक आजै, यी महत्वपूर्ण निर्णयहरु हुने


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । नेकपा विवाद उत्कर्षमा पुगिरहँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । सोमबार बस्ने गरेको बैठक यो हप्ता आइतबार नै बसेको हो । उक्त बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बुझिएको छ ।

स्रोतका अनुसार आजको बैठकबाट चाडपर्वपछिको राजनीतिक अवस्था, कोरोना भाइरसको जोखिमको समिक्षालगायत केही नीतिगत निर्णयहरु हुने बुझिएको छ । साथै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा मन्तव्य समेत दिने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !