१३ बैशाख २०८१, बिहिबार

बालुवाटारमा बल्ल मन्त्रिपरिषद् बैठक शुरु, के होला निर्णय ?


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बल्ल मन्त्रिपरिषद् बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । नेकपा सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएकोले आज दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सरेर भर्खरै शुरु भएको हो ।

शुक्रबार शुरु भएको सचिवालय बैठकले आज १ बजे बैठक बस्ने समय तय गरेको भएपनि त्यहि समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । दिउसो मन्त्रिपरिषद् बैठक स्थगित भएपछि सचिवालय बैठक बसेको थियो ।

प्रधानमन्त्री ओली र प्रचण्डले एकपछि अर्को पत्र सचिवालय बैठकमा राखेपछि नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।नेकपाका शीर्ष नेताहरुको व्यक्तिगत शक्ति संघर्षले गर्दा सरकारले पनि केन्द्रित भएर कुनै ठोस काम गर्न सकेको छैन । नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !