७ बैशाख २०८१, शुक्रबार

दाहालले ओलीमाथि लगाएका आरोपहरु गलत होईन : गगन थापा


गगन थापा

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोप नौला नभएको बताएका छन् पूर्वमन्त्री समेत रहेका थापाले ओलीमाथि लगाएका आरोप नौला नभएको र गलत पनि नभएको टिप्पणी गरेका छन् ।

नेता थापाले आज नेकपाको घरझगडा, राष्टिय राजनीति र सरकार सञचालन शीर्षकमा आज आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्,”पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएका आरोपहरुमा नौला विषय छैनन् र गलत पनि होईन, संसद, सडक र सबैतिरबाट प्रधानमन्त्री ओलीविरुद्ध उठ्दै र लाग्दै गरेका आरोप हुन् । तर पनि यो प्रकरण विशेष छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !