७ बैशाख २०८१, शुक्रबार

ओलीद्वारा सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव अस्वीकार, प्रचण्डले अव के गर्लान् ?


केपी ओली र प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् । नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगिरहेका बेला प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थिए ।

आज मंगलबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए । तर, बैठकका लागि ओली सहमत भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । २५ गतेसम्म पनि बैठक बोलाउने सुरसार नदेखेपछि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीसँग छलफल गरी छिट्टोभन्दा छिटो बैठक बोलाउनुको विकल्प नभएको प्रचण्डको जोड रहेको थियो ।

‘गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । योबीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली) ले सहमति दिनु भएन,’ प्रवक्ता श्रेष्ठले भने, ‘आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर्सि २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ । तर उहाँ (ओली) पर्सिको बैठक बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन । उहाँले बैठकमा सहमति जनाउनु हुनेछ । सहमतिमै बैठक बस्ने आशा गरौं ।’

कात्तिक २२ मा अध्यक्ष दाहालसहितका ५ नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए । अध्यक्ष दाहालले पत्र बुझाउँदै दुई दिनभित्र सचिवालयको बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएतापनि उक्त समय सकिँदा पनि ओली बैठकका लागि तयार नभएपछि दाहालले थप छलफलका लागि सचिवालयका सदस्यलाई बोलाएका थिए ।

नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ ।

प्रचण्डसँग दुरी बढेपछि ओलीले माधव नेपाललाई बोलाएर प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुईमध्ये एक रोज्न आग्रह गरेका थिए । तर, संकटमा नेताहरुलाई आश्वासन दिने तर, अघिपछि निरन्तर पेल्ने ओलीको स्वभाव रहेको भन्दै पछिल्लो समय प्रचण्ड, माधव नेपाल सहितका नेताहरु ओलीविरुद्ध खुलेरै लागेका छन् ।

प्रचण्डले बोलाएको आजको बैठकमा सरकारमा सहभागी सचिवालय सदस्यहरू उपस्थित थिएनन् । बैठकमा पूर्वमाओवादीका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने आज पनि उपस्थित भएनन् । यस्तै ओली समूहका महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल पनि बैठकमा गएनन् ।

ओलीद्वारा सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव सांकेतिक रुपमा अस्वीकार गरेपछि अव प्रचण्डले कस्तो कदम चाल्लान् भन्ने चासो राजनीतिक वृतमा बढेको छ । सत्तारुढ नेकपामा चलिरहेको व्यक्तिगत शक्ति संघर्ष र जुहारीले भने आम नेपाली नागरिकहरु वाक्कदिक्क भएका छन् ।

सरकारलाई पार्टी भित्रैबाट पनि सहयोग नभएको, घेराबन्दी गरेको, राजीनामा मागेर काम गर्न नदिएको बताएका छन् । साथै उनी कुनै हालतमा पनि राजीनामा दिने पक्षमा छैनन् । आफ्नै पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न नसकिएकोले अस्थिरता निम्त्याउने काम मात्रै भएकोले मुलुक नै गम्भीर मोडमा पुगेको बताएका थिए ।

यो पनि पढ्नुहोस्

सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुग्यो : प्रधानमन्त्री ओली

नेकपाका नेताहरुको जुहारी : ओलीलाई फकाउन प्रचण्डसहित ५ सचिवालय सदस्यहरु बालुवाटारमा

मलाई हटाउने चलखेल भइरहको छ, तर म राजीनामा दिनेवाला छैनः प्रधानमन्त्री ओली

आफूविरुद्ध गुटबन्दी भएकोले भन्दै प्रधानमन्त्री ओलीद्वारा सचिवालय बैठक बोलाउन अस्वीकार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !