१३ बैशाख २०८१, बिहिबार

नेकपाका नेताहरुको जुहारी : ओलीलाई फकाउन प्रचण्डसहित ५ सचिवालय सदस्यहरु बालुवाटारमा


नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ जना सचिवालय सदस्यहरु अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई फकाउन लिखित पत्रसहित बालुवाटार पुगेका छन् ।

पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका ५ नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने र त्यसका लागि शनिबार उनलाई मनाउन जाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुअघि आज उनीहरुले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल गरेका थिए । सचिवालयका ५ जना नेताहरुमा प्रचण्डसहित माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।

हिजो शुक्रबार र आज शनिबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिएनन् । शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीले जुनसुकै बेला पनि पार्टी विभाजन हुन सक्ने चेतावनी दिएको बिफ्रिङ गरेका थिए ।

दाहालले आफूसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको र औपचारिकता मात्रै बाँकी रहेको पनि दाबी गरेका थिए ।दाहालको यस्तो बिफ्रिङपछि सचिवालयको अनौपचारिक बैठकले एकताका लागि ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको थियो ।

सत्तारुढ नेकपामा चलिरहेको व्यक्तिगत शक्ति संघर्ष र जुहारीले भने आम नेपाली नागरिकहरु वाक्कदिक्क भएका छन् । यदि नेकपाका नेताहरु नसुध्रिने हो भने यसको दिर्घकालिन परिणाम भविष्यमा हुने आम निर्वाचनमा नेकपाले नराम्रो क्षति बेहोर्नुपर्ने छ भने यसको प्रतिफल कम्जोर प्रतिपक्ष दल नेपाली काँग्रेसको पोल्टामा नजाने आंकलन नगर्न सकिदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !