७ बैशाख २०८१, शुक्रबार

काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मन्सुरलाई कोरोना पोजेटिभ


फरमुल्लाह मन्सुर

कलैया, १९ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ । मन्सुरलाई ज्वरो, खोकी लागेपछि नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएकामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिनुभयो ।

उहाँलाई हेलिकप्टरबाट काठमाडौँस्थित मेडिसेन्टरमा उपचारका लागि पठाइएको काँग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर यादवले बताउनुभयो । उहाँको उपचार वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !