११ बैशाख २०८१, मंगलबार

ओलीद्वारा प्रचण्डको दुखेको मनमा मलमपट्टी : १२ दिनपछि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


ओली प्रचण्ड

काठमाडौँ, कार्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीचको चिसिएको सम्वन्धमा केहि सुधार देखिएको छ । झन्डै ११ दिनसम्म पानी बाराबारको जस्तो देखिएको सम्वन्धमा सुधार आएको हो ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल हुने बताइएको छ ।

ओलीले लगातार वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेका छन् । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।

कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच शनिबार मात्रै भेट भएको हो । कर्णाली प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेटघाट र पर्सा घटना लगायतमा असन्तुष्ट बनेका प्रचण्ड बालुवाटार गएका थिएनन् ।

हालसालै मात्र तत्कालिन माओवादी पक्षवाट कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका महेन्द्र बहादुर शाहीको बिरुद्धमा अप्रत्यक्ष रुपमा आफ्ना निकट यामलाल कंडेललाई अविश्वासको प्रस्ताव दर्ता गराउन लगाएका ओलीले प्रहार गरेको क्षेप्यास्त्रले प्रचण्डको मन कुँडिनुका साथै ओली-प्रचण्ड सम्वन्धमा दरार सिर्जना भएको थियो ।

ओली-प्रचण्डवीच हुने विवाद ‘लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैँ समय-समयमा निरन्तर पनि यस्तै भएको छ । उही पार्टीका अध्यक्षहरु नमिली पनि भएन । आपसमा कुडिएको मनको मौनता तोड्दै अध्यक्षद्वयले भेटवार्तालाई पुनः निरन्तरता पनि दिने गरेका छन् । समकालीन उस्तै क्षमता भएका नेताहरुमा व्यक्तिगत शक्तिसंघर्ष हुनु अस्वाभाविक नभएतापनि देशको विकास र आम नागरिकको अपेक्षामा तुषारापात हुनु चाही कदापी ठिक होइन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीका निर्णय र सहमतिलाई लत्याउँदै एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि पुष्पकमल दाहाल समुह रुष्ट भएको छ । कर्णालीको विवाद मिलाउनको लागि अध्यक्षद्धय ओली र दाहालले पदाधिकारीहरुलाई काठमाडौं बोलाएपनि अहिलेसम्म अध्यक्षद्धयको उपस्थितिमा छलफल हुन सकेको छैन् । ओलीले मुख्यमन्त्री शाही र यमलाल कँडेललाई बालुवाटार बोलाएका थिए ।

दुई अध्यक्षबीचको संवादहीनता तोड्नका लागि प्रधानमन्त्री ओली निकटका नेताहरू दिनहुँजसो खुमलटार पुग्ने गरेको थिए। बुधबार प्रचण्डलाई भेट्न अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल, संसदीय दलका उपनेता सुवास नेम्वाङ अलग-अलग समयमा खुमलटार पुगेका थिए।

बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए। खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएका थिए । मंगलबारदेखि नै प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएको भएपनि शुक्रबारसम्म प्रचण्ड बालुवाटार नगएको प्रचण्डनिकट स्रोतको दाबी छ ।

यो पनि पढ्नुहोस्
ओली एण्ड प्रचण्ड रिलेशन ब्रेक अप : ओली एण्ड नेपाल रिलेशन प्याच अप
प्रधानमन्त्री ओलीलाई हटाउनको लागि प्रचण्ड र नेपालले बनाए यस्तो ठुलो योजना
सधैं बालुवाटार धाउने प्रचण्ड आज ओलीले बोलाउँदासमेत आउँदिन भनेपछि…
ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई
ओली-प्रचण्ड विवाद, परालको आगो : बालुवाटारमा भेटवार्ता जारी
मन्त्रीमण्डल पुनर्गठन स्थगित : ओली-प्रचण्डको आ-आफ्नै अडान
बालुवाटारमा ओली-प्रचण्डको गाईजात्रावाट जनता वाक्कदिक्क
बालुवाटारमा ओली-प्रचण्ड वार्ता जारी, नेपालको दुखेको मनमा मलमपट्टी लगाउने
ओली-प्रचण्डबीच कुरा मिलेपनि नेपालको चित्त यसकारण अझै बुझेन
नेकपामा फेरि किचलो : ओलीले एकलौटी राजनीतिक नियुक्ति गरेको भन्दै दाहाल र नेपाल असन्तुष्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !