११ बैशाख २०८१, मंगलबार

अन्तत: बाजी मारे बाबुरामले : बने जसपाको अध्यक्ष


डा. बाबुराम भट्टराई

काठमाडौं, कात्तिक ४ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिले यस्तो निर्णय गरेको जसपाका एक नेताले बताए ।

सो पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको हो । हिजो सोमबारबाट सुरु भएको दुईदिने केन्द्रीय कार्यकारिणी परिषद् बैठकबाट भट्टराईलाई अध्यक्ष बनाएको हो ।

हाल महन्थ ठाकुर र उपेन्द्र यादव जसपामा अध्यक्ष थिए । भट्टराई अहिले जसपाका वरिष्ठ नेता मात्रै थिए । निर्वाचन आयोगमा दर्ता गर्नुअघि ३ जना अध्यक्ष राख्ने चर्चा चले पनि अन्तिम समयमा भट्टराईको नाममा टिपेक्स लगाएर आयोगमा दर्ता गरिएको थियो ।

हिजो सोमबार शुरु भएको उक्त बैठकले करीव ११ सय सदस्यीय संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रिय समिति पनि गठन गरेको ती नेताले बताए ।

अन्तत: बाजी मारे बाबुरामले : बने जसपाको अध्यक्ष


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !