८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई हटाउनको लागि प्रचण्ड र नेपालले बनाए यस्तो ठुलो योजना


प्रचण्ड, नेपाल र खनाल

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीका निर्णय र सहमतिलाई लत्याउँदै एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल रुष्ट भएका छन् ।

स्रोतका अनुसार अध्यक्ष दाहाल र नेता नेपालले सचिवालय बैठक बोलाएर ओलीको राजीनामा माग्ने योजना बनाएको छ । साथै नमाने हटाउने निर्णय गर्ने गरी नेकपाभित्र बनाएको छ ।

विश्वस्त स्रोत अनुसार सहमति अनुसार प्रचण्ड कार्यकारीसहित अध्यक्ष बनेर पार्टी हाँक्ने र नेपाल प्रधानमन्त्री बन्नेछन् । यसमा दुवै नेताले सहमति बनाएको बुझिएको छ । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलाई समेत सहमतिमा ल्याएको बुझिएको छ । खनाल र गौतम दुवैजना यसमा सकारात्मक भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !