९ कार्तिक २०७७, आईतवार

सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ



पार्वत गुरुङ

काठमाडौँ, २ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाउनुभएको छ ।

मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा उहाँले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण गरिने बताउँदै प्रेस स्वतन्त्रताको संरक्षण, प्रवद्र्धन, स्वतन्त्र प्रेसको व्यावसायिक र संस्थागत विकास एवम् पत्रकारको पेशागत हितका पक्षमा आफू सदैव अडिग रहने पनि स्पष्ट गर्नुभयो ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङलाई सफल कार्यकालका लागि शुभकामना दिँदै सञ्चार क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सरकारबाट हुनुपर्ने पहलबारे महासङ्घको धारणा प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

कोभिड १९ पछिको अवस्थामा सरकार, श्रमजीवी पत्रकार र मिडिया संचालकबीच गम्भीर छलफल र आपसी सहकार्य हुनुपर्ने उल्लेख गर्दै महासङ्घले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, आम संचार नीति २०७३ अनुरुप कानून र संरचना निर्माण, संचार क्षेत्रमा पुर्नसंरचना गरी संघीयता र समावेशीताको कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

मन्त्री गुरुङले गत असोज २९ गते सो मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, कार्तिक ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी

सुर्खेत, कार्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज शुक्रबार बिहान नेपाल

काठमाडौँ, कार्तिक ४ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले

काठमाडौं, कात्तिक ४ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । जसपाको आज