७ कार्तिक २०७७, शुक्रबार

काँग्रेसका तीन वरिष्ठ अधिवक्तासहित पाँच जनामाथि कारबाही



नेपाली कांग्रेस

काठमाडौँ, २ कात्तिक । डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले तीन वरिष्ठ अधिवक्तासहित पाँच जनालाई कारबाही गरेको छ । नेपाली काँग्रेसनिकट कानुन व्यवसायीहरूको संगठन डिएलएले बिहीबार नेपाल बारका दुई पूर्व अध्यक्षसहित पाँच जनालाई अन्तर्घातमा अनुशासनको डण्डा चलाएको हो ।

डिएलएले बार एशोसिएशनको निर्वाचनमा संगठनका उम्मेदवारलाई हराउने भूमिका खेलेको आरोप लगाएको छ । डिएलएको हालैको निर्णयअनुसार बारका पूर्व अध्यक्षद्वय हरिहर दाहाल र प्रेमबहादुर खड्कालाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ भने डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनालको पनि त्यसैगरी साधारण सदस्यता नरहने भएको छ । कारबाहीमा बारका पूर्व महासचिव विजय मिश्र र काठमाडौँ बारका पूर्व अध्यक्ष सीताराम दवाडीसमेत परेका छन् ।-जनआस्थावाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत, कार्तिक ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । आज शुक्रबार बिहान नेपाल

काठमाडौँ, कार्तिक ४ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले महामारीमा रोगले छटपटाएका जनताको उपचार नगर्ने सरकारलाई जनताले

काठमाडौं, कात्तिक ४ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । जसपाको आज

४ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय