४ बैशाख २०८१, मंगलबार

सधैं बालुवाटार धाउने प्रचण्ड आज ओलीले बोलाउँदासमेत आउँदिन भनेपछि…


प्रचण्ड

काठमाडौं, १ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीका निर्णय र सहमतिलाई लत्याउँदै एकलौटी रुपमा आफूनिकट सांसदहरुलाई मात्रै मन्त्री बनाएपछि पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल रुष्ट भएका छन् ।

कर्णालीको विवाद मिलाउनको लागि अध्यक्षद्धय ओली र दाहालले पदाधिकारीहरुलाई काठमाडौं बोलाए पनि अहिलेसम्म अध्यक्षद्धयको उपस्थितिमा छलफल हुन सकेको छैन् । ओलीले आज मुख्यमन्त्री शाही र यमलाल कँडेललाई बालुवाटार बोलाएका छन् । ओलीले अर्का अध्यक्ष दाहाललाई पनि बोलाए पनि दाहालले तपाईँ आफैं छलफल गर्नुहोस भनेर आफू आउन नसक्ने जानकारी गराएको खुमलटार स्रोतले जनायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !