१२ बैशाख २०८१, बुधबार

प्रचण्डलाई भेट्न गएका ओली पक्षका नेता यमलाल कँडेललाई उल्टै थर्काएपछि…


प्रचण्ड र यमलाल कँडेल

काठमाडौं, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई कर्णाली प्रदेशका सांसद यमलाल कँडेलले भेटेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका कँडेल समूह प्रचण्ड भेट्न बिहान ९ बजे खुमलटार पुगेको थियो ।

उक्त भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ । कँडेल सहित माया प्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेको तेस्रो दिन प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विवादमा मुछिएका दुबै पक्षलाई समस्या यथावत राखी बिहीबारभित्र काठमाडौँ पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन लिखित निर्देशन दिएका थिए ।

कँडेल र शाहले अविश्वासको प्रस्ताव दर्ता गर्नुको पृष्ठभूमि र आगामी दिनमा पार्टी र सरकारलाई पर्ने असरबारे विस्तृतमा आफ्ना धारणा प्रचण्डसँग राखेका थिए । प्रचण्डको त्यस्तो प्रतिक्रिया आएपछि उनलाई नेता कँडेलले आफूहरुले संवैधानिक अधिकार प्रयोग गरेको र यसका लागि पार्टीको माथिल्लो तहमा पनि भनिरहनुपर्छ जस्तो नलागेर अविश्वासको प्रस्ताव दर्ता गरेको जवाफ दिएका थिए ।

कँडेलले अविश्वासको प्रस्ताव दर्ता गर्दा सोध्नै पर्ने आवश्यकता नभएकाले दुबै अध्यक्षलाई नसोधी दर्ता गरेको बताएका थिए । सरकारले उद्देश्य अनुसार पार्टीसँग कुनै सरसल्लाह नगरी केहि राम्रो राम्रो काम गर्न सकेन । जनतामा बदनाम हुने काम मात्रै हुन थालेपछि अन्तिम विकल्पका रुपमा हामीले अविश्वासको प्रस्ताव दर्ता गरेको भनेर कँडेलले प्रचण्डलाइ बताएका थिए ।

कँडेलको धारणा सुनिसकेपछि प्रचण्डले भने उनले पार्टीको केन्द्रीय तहमा सरसल्लाह गरेर मात्रै यस्तो निर्णय लिनुपर्नेमा गलत बाटो अपनाएको प्रतिक्रिया दिएका थिए । नेकपाका अध्यक्ष प्रचण्डले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यको नेतृत्व गरेका नेता यामलाल कँडेललाई केन्द्रमा सल्लाह नगरी गलत बाटो सम्हालेको भन्दै त्यो सच्याउन अब सबैले भूमिका खेल्नु पर्ने प्रतिक्रिया दिएका छन् ।

सरकारका कमिकमजोरी भएतापनि यस मामिलामा पहिले हामीसँग पनि सल्लाह गरेको भए हुने थियो । एकैपटक तपाईँले बाटो गलत समात्नु भयो । अब यसलाई कसरी सुल्झाउने भन्नेतर्फ हामी सबै लाग्नुपर्छ । स्रोतका अनुसार कँडेलको कुरा अध्यक्ष दाहालले गम्भीर रुपमा नलिएको जनाए । दाहालले कँडेललाई केन्द्रमा सल्लाह नगरी किन यस्तो गम्भीर गल्ती गरेको भन्दै आक्रोश पोख्दै केन्द्रमा यसबारेमा समिक्षा हुने पनि जनाएका थिए । दाहालले केन्द्रमा यसबारेमा समिक्षा हुने पनि जनाएका थिए ।

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा ३ मन्त्री थपिदै : यी हुन् नयाँ बन्ने मन्त्रीहरु

कर्णालीमा प्रचण्ड पक्षलाई माधव पक्षको साथ : मुख्यमन्त्री शाहीको जोगियो पद

कर्णालीमा नेकपाको आन्तरिक लडाइँ चरम उत्कर्षमा : मुख्यमन्त्रीले प्रमुख सचेतक शाह हटाई नियुक्त गरे नेपालीलाई

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध बुझाइयो अविश्वासको प्रस्ताव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !