७ बैशाख २०८१, शुक्रबार

नवनियुक्त ३ जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ

काठमाडौँ, असोज २९ । नवनियक्त ३ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा आज बिहीबार बिहान ११:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

सपथ लिएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा केही मन्त्रीको जिम्मेवारी हेरफेर र ३ जना मन्त्रीको नयाँ नियुक्ति गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले खोसे ईश्वर पोखरेलको मन्त्रालय, विष्णु पौडेल बने अर्थमन्त्री !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !