१३ बैशाख २०८१, बिहिबार

नेपाल र चीन सिमा सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न नेता रावलको माग


भीम रावल

काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले हुम्लाको नाम्खा गाउँपालिका, लिमी लालुङजङमा नेपाल र चीनको सिमा सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीहरुलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

सांसद तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुँगो लगाईनुपर्ने पनि माग गरेका छन् । रावलले यस्तो लेखेका छन्,”हुम्लाको नाम्खा गा.पा., लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् ।देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !