७ बैशाख २०८१, शुक्रबार

शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेण्डा : ‘प्रचण्ड’


प्रचण्ड

१४ पुस, ललितपुर l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा निर्वाचन अघि जनतामाझ गरेका प्रतिवद्धता पूरा गर्ने बताए । ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेण्डा भएको बताएका छन् ।

उनले भने,‘हामीले जनताका बीचमा स्थिरताको प्रतिवद्दता व्यक्त गरेका छौं, विकासको प्रतिवद्धता गरेका छौं । त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको छु। निर्वाचनमा हामीले जनताका बीचमा जे-जस्ता प्रतिवद्दता व्यक्त गरेका छौं, संकल्प गरेका छौं, त्यसलाई पूरा गर्छौं । अब देश शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौं।’

‘कतिपय स्थितिमा मानिसलाई लाग्छ पनि होला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ । जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ’ प्रचण्डले भने ‘अशोका पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धकाो सन्देश विश्वभर फैलाए । हाम्रो युद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो। अहिले हामी त्यही संकल्पमा छौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !