११ बैशाख २०८१, मंगलबार

सरकार परिवर्तनको कुरा गर्नु व्यर्थ: भट्टराई


yogesh-bhattaraiबुटवल, ७ वैशाख । एमाले सचिव योगेश भट्टराईले अहिले सरकार परिवर्तनको कुरा गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।
पार्टीनिकट पत्रकार संगठन प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले केपी ओली नेतृत्वकै सरकारले स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभाको चुनाव गराउने बताए ।

संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भए पनि वर्तमान सरकार परिवर्तन हुनै नसक्ने उनको भनाइ थियो ।
काँग्रेसलाई सकिन्छ सरकारमा आउन नभए रचनात्मक भूमिका निर्वाह गरी संविधान कार्यान्वयन गर्न भट्टराईले आग्रह गरे ।

संविधान निर्माणपछि मुलुकमा देखिएको असहज अवस्था र भारतीय नाकाबन्दीलाई वर्तमान सरकारले पार लगाएको भन्दै उनले अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध सुधारको काम सफल भएको बताए ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका य’वानेता भट्टराईले विकास बजेट शतप्रतिशत खर्च गर्ने तथा मधेसी, दलित, जनजाति र उत्पीडित समुदायलाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरे ।

मधेसी दललाई वार्तामा आएर समस्याको निकास निकाल्न आग्रह गर्दै नेता भट्टराईलेे नाका छाडेर काठमाडौं केन्दि्रत आन्दोलन गर्नु सकारात्मक भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !