७ बैशाख २०८१, शुक्रबार

ओली सरकार मस्त निन्द्रामा रहेको भन्दै गगन थापाले लगाए यस्तो गम्भीर आरोप


गगन थापा

काठमाडौँ, १७ असोज । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सरकार मस्त निद्रामा रहेको आरोप लगाएका छन्। पुर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएका छन् ।

आज एक स्टाटस लेख्दै थापाले सरकारलाई जनताको स्वास्थ्य र डा.केसीको जीवनरक्षाको चिन्ता नरहेको बताएका छन्। थापाले ओली सरकारलाई सांसद र मन्त्री कसलाई बनाउने भन्ने कुराको चिन्ता रहेको बताएका छन्।

नेता थापाले लेखेका छन्, “सरकार मस्त निद्रामा छ।सरकारलाई न जनताको स्वास्थ्यको चिन्ता छ न डा.केसीको जीवनरक्षाको,चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने।त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं-डा.केसीको जीवन रक्षा गर! सहमतिको पालना गर !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !