१२ बैशाख २०८१, बुधबार

ओलीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्नु, मन्त्री पद बाड्नु गैर जिम्मेवार : पौडेल


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रालय बढाउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी मान्छे भर्ने चलन कम्युनिष्टले चलाएको पनि उनको आरोप छ ।

उनले अघि लेखेका छन्,‘देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी मान्छे भर्ने चलन कम्युनिष्टले चलाएका छन् । कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था छ । जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकिरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !