८ बैशाख २०८१, शनिबार

सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो, अध्यादेशमा कुरा अड्कियो


सर्वदलीय बैठक

७ पुस, काठमाडौँ l प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। राष्ट्रिय सभा गठनका लागि बनाइएको अध्याधेशमा छलफल गर्न बोलाइएको बैठक सहमतिमा पुग्न नसकेको हो।

बैठकमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले एकल संक्रमणीय प्रणालीलाई समर्थन गर्दै अध्यादेश नरोक्न आग्रह गरेका थिए। उक्त अध्यादेश पारित नभई समानुपातिक सिट बाँडफाँड र राष्ट्रिय सभा गठनमा अवरोध पुगेको बताउँदै ती दलका नेताहरुले अध्यादेव पारित गर्न बाम गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अध्यादेश कानुनसंवत भएको बताए। उनले कांग्रेस सरकार लम्ब्याउने पक्षमा नरहेको बताउँदै अध्यादेश फुकाएर सरकार गठनको बाटो खोल्न एमालेलाई आग्रह गरेका थिए।

तर, नेकपा एमालेले सरकार गठन प्रकृयाका लागि सरकार छाड्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीले एकल संक्रमणीय असंवैधानिक भएको बताउँदै सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !