७ बैशाख २०८१, शुक्रबार

‘उपलब्धि गरे पनि किन आलोचना ?’


रामवीर मानन्धर

काठमाडौँ, ११ असोज । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भएपनि आलोचना मात्र भएको बताउनुभएको छ । साधना कला केन्द्रद्वारा आज आयोजित कार्यक्रमा जनताका पक्षमा धरै काम गरे पनि अनावश्यकरुपमा आलोचना हुने गरेको गुनासो गर्नुभएको हो ।

कोभिड-१९ को महामारी रोकथाम गर्न जनताको साथको साथ आवश्यक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न जनताको साथ अपरिहार्य छ ।” करिब १० लाखको पिसिआर परीक्षण गर्दा राज्यको ठूलो रकम सकिएको तर नियन्त्रणमा ल्याउन कठिनाई भएको उहाँको तर्क थियो ।

सो अवसरमा मन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्नुभएको छ । जसमध्ये प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गर्नुभएको छ ।

दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौँका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गर्नुभएको छ । साधना कला केन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारले सहभागिता जनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !