८ बैशाख २०८१, शनिबार

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पिपिइ वितरण


झलनाथ खनाल फाइल फोटो

मङ्गलबारे, ९ असोज । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गर्नुभएको छ । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उहाँले सो सामग्री वितरण गर्नुभएको हो । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उहाँले सहयोग गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई बिहीबार सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उहाँले इलाम अस्पतालका लागि २५ थान पिपिइ र १०० थान गगल्स वितरण गर्नुभएको हो । जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आउनुभएका उहाँले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । उहाँले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पिपिइ र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गर्नुभएको थियो ।

कोरोनाविरुद्धको सुरक्षाका लागि उहाँ सक्रिय हुनुहुन्छ । खनालले भर्खरै विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयवासीलाई जोगिन सहज बनाउने उद्देश्यले सो सामग्री वितरण गरेको बताउनुभयो । खनालले चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा सो सामग्री वितरण गरेको बताइएको छ । लकडाउन खुले पनि कोरनाको त्रास समाजमा अझै छ । कोरोनाबाट बच्न र बचाउन नागरिकले सुरक्षित भएर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !