७ बैशाख २०८१, शुक्रबार

आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


मन्त्रिपरिषद् बैठक

काठमाडौं, असोज ८ । आज बिहिबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार बिहीबारको मन्त्रिपरिषद्को नियमित बैठक भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

आजको बैठकमा स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोरोनासँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितकोे संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिस गर्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !