६ बैशाख २०८१, बिहिबार

पूर्वप्रधानमन्त्री खनाल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


विनयमोहन क्वात्रा

काठमाडौँ, असोज १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रावीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा आज उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका खनाल र राजदूत क्वात्राबीच दुई देशको आपसी हितका विषयमा कुराकानी भएको सचिव भट्टराईले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !