७ बैशाख २०८१, शुक्रबार

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित


नेपाल सरकारको सिफारिसमा

काठमाडौं, असोज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।

गत भदौ २९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् कार्यालयले हिजो बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई मनोनित गरेकी हुन् ।

राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको थियो । फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमको नाम पठाउन सुझाव दिएपनि प्रधानमन्त्री केपी ओलीले उनको नाम सिफारिस गरेका थिएनन् । प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पठाउन चाहेका थिए ।

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

 

 

यो पनि पढ्नुहोस्

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्‍को निर्णय

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

ओली वामदेवलाई तड्पाउदै : वामदेव ओलीको प्रतिक्षामा

बामदेव गौतम राष्ट्रियसभामा जान तयार : युवराज खतिवडाको पद डेन्जर जोनमा

क्याबिनेटमा वामदेव गौतम र युवराज खतिवडाको चर्चा परिचर्चा हुँदै

उपप्रधानमन्त्री पद ताकेका बामदेवलाई अर्को चटारो, उपप्रधानमन्त्री बन्ने सपना पुरा होला त ?

वामदेवलाई महाधिवेशनबाट अध्यक्ष बनाउने ओलीको अर्को उधारो प्रस्ताव !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !