१३ बैशाख २०८१, बिहिबार

सभापति देउवाद्वारा महामन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना


शेरबहादुर देउवा

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यावस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । सभापति देउवाले महामन्त्री कोइराला चाँडै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गर्नुभएको पार्टी कार्यालयले आज जनाएको छ ।

गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका महामन्त्री डा कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ । ओम अस्पतालमा चिकित्सक टोलीको संयोजन गरिरहनुभएका डा विश्वनाथ कोइरालाका अनुसार उहाँको निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ । साथै रेमडिसिभर औषधिको प्रयोगले उहाँको स्वास्थ्यलाई सहज बनाइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !