८ बैशाख २०८१, शनिबार

कुलमान घिसिङले व्यवस्थापकीय कौशल नदेखाएका भए लोडसेडिङ अन्त्य हुने थिएन : गगन थापा


गगन थापा

काठमाडौं, ३१ भाद्र । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कुलमान घिसिङले व्यवस्थापकीय कौशल नदेखाएका भए त्यो वर्ष र त्यसपछि आजको दिनसम्म पनि सायद लोडसेडिङ अन्त्य नहुने बताएका छन् ।

विधुत प्राविधिकरणको महानिर्देशकवाट चार वर्षे कार्यकाल पुरा गरेर विधाई भएका घिसिङले गरेका कार्यलाई सम्झिदै नेता थापाले लेखेका छन्, “कृषि तथा जलश्राेत समितिको सभापति रहदै गर्दा समितिमा नेपाल विद्युत् प्राधिकरण र मन्त्रालयका अधिकारीहरुसंग लोडसेडिङ अन्त्य कसरी गर्न सकिन्छ भनेर छलफल गर्दा उहाँहरूले अझै केही वर्ष लाेडसेडिङ अन्त्य हुने कुरा कल्पना पनि नगर्नु भनेकाे कुरा सम्झन्छु । वास्तवमै कुलमानजीले व्यवस्थापकीय कौशल नदेखाएका भए त्यो वर्ष र त्यसपछि आजको दिनसम्म पनि सायद लोडसेडिङ अन्त्य हुने थिएन र याे अन्त्य हुन्छ भन्ने कुरा कसैलाई विश्वास पनि थिएन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !